डेउडा गीत (प्रचलित: देउडा गीत) नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो। यसलाई डे’उडा भाषा, डेउडा गीत, लोक डेउडा आदी नाम दिएको पाइन्छ।
यो भाषा खास’गरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजर’कोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा अप’नाइएका पाइन्छन् ।
यो पश्चिमेली भा’षामा गाइन्छ । डेउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल अथवा न्या’उले खेल भनिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ ।
स्थानीय भाषिका’हरूमा सृजित भई लोकप्रियता कमा’एको डेउडाले यस क्षेत्र भन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । डेउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ ।
यस गीतलाई ए’कल रूपमा पनि गाउन सकिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भए’काले यस गीतलाई डेउडा नाम’करण मानिन्छ ।
संस्कृत भा’षाको देउंदुराय शब्द’बाट देउदुरा हुँदै डेउडा शब्द बनेको हो भन्ने पनि छ । डेउडा गीतमा वैयक्तिक जीवनका विभिन्न पक्षह:रूलाई उद्धघाटित गरिएको हुन्छ । मान्छेको जीवनमा आउने सुख दुःखका अनुभुती र मिलन बिछो’डको पक्षलाई डेउ’डाले सङ्केत गरेको हुन्छ ।
एक कार्यक्रमका बिच राजु रमेश पारीयार र ६५ बर्षे आमाले प्रचलित ठाडी भाकामा दोहोरी गाएका छन उक्त भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्