Tuesday, December 5

दुर्गा ग्रुप तथा के.एम.ई ट्राभल्सले एन.आर.एनए कोरियालाई १ करोड ६० लाख वन सहयोग गर्ने

October 5, 2020 1329

कोरियामा सञ्चालित केएमई ट्राभल्स कम्पनी र दुर्गा ग्रुपले गैर आवासीय नेपाली संघ दक्षिण कोरिया लाई एक करोड ६० लाख कोरियन वन सहयोग गर्ने गरी शनिवार सम्झौता गरिएको छ ।

केएमई तथा दुर्गा ग्रुपका कार्यकारी निर्देशक विनोद कुँवर र एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले शनिवार उक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

केएमई ट्राभल्सले कोरियन एयर सँगको सहकार्यमा आफ्नो निश्चित मुनाफा सामाजिक क्षेत्रमा सहयोग गर्ने दायित्व बमोजिम कोरियाली कानुनमा आधारित रहि १ करोड वन सहयोग गर्ने जनाएको छ ।

त्यस्तै दुर्गा ग्रुपले संघको सभाहलको मासिक ५ लाख वनका दरले १ वर्षको ६० लाख वन भाडा वेहोर्नेगरी सम्झौतामा हस्ताक्षर गरिएको केएमई तथा दुर्गा गु्रपका सञ्चालक कुँवरले जानकारी दिए ।

केएमईले प्रदान गर्ने १ करोड वन सामाजिक क्षेत्रमा गरिने विभिन्न कार्यक्रमहरुमा खर्च गरिने एन.आरए.नए कोरियाले जनाएको छ ।
केएमई ट्राभल्सले कोरोना महामारीका समयमा नेपाल विदामा गएका नेपाली श्रमिक लाई कोरिया रोजगारीमा फर्काउने एनआरएनए कोरियाको अभियानमा साझेदारी गरेको थियो ।

सोहि अभियान मार्फत ७ सय नेपाली लाई गुम्नै लागेको कोरिया रोजगारीमा फर्काउन सफल भएको एन.आर.एनए कोरियाको दावी छ ।
केएमई ट्राभल्स र दुर्गा ग्रुप नेपाली व्यवसायी विनोद कुँवरद्धारा कोरियामा सञ्चालित व्यवसायीक कम्पनी हुन् ।

दुर्गा ग्रुप अन्तर्गत दुर्गा रेष्टुरेण्टका नामले देशभरीमा ७ ओटा शाखा छन् ।
सन २००६ मा कोरियामा स्थापना गरिएको एन.आर.एनए कोरिया शाखा स्थापनाको १४ वर्ष पछि हालको समितीले कोरिया सरकार मातहतमा वैधानिक रुपमा दर्ता गरेको हो ।

संस्था दर्ता भईसके पछि विभिन्न समाजिक गतिविधि हरु गर्नकालागि सहज भएको र संस्था लाई थप बलियो बनाउन काम भई रहेको संस्थाका अध्यक्ष सुवेदीले बताएको कुरा खबर पेपर मा छ ।

प्रतिकृया दिनुहोस्