October 5, 2020 2374
कमेडी टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ को दोश्रो सिजन सुरुवातको तयारीमा रहेको छ। केहि फेरबदलका साथमा सुरु हुन लागेको शोलाई जितु नेपालले संचालन गर्ने गर्दै आएका छन्।
विभिन्न पात्रको प्रस्तुतीको साथमा अथितिलाई बोलाएर मनोरंजन गरिने शोको पहिलो सिजनको अध्यक्षमा कलाकार तथा निर्देशक दिपाश्री निरौला रहेकी थिइन्।
दोश्रो सिजनमा भने सदाबहार अभिनेत्री करिश्मा मानन्धर अध्यक्षको रुपमा रहने छिन्। कार्यक्रममा उमेश राई ‘फुलान्देको आमा’ , सन्ध्या बुढा ‘
काउली बुढी’ लगायतका कलाकारले प्रस्तुती दिने गर्दछन्।
दोश्रो सिजनको अतिथिको रुपमा रेखा थापा, ऋषि धमला दम्पती लगायत पुगिसकेका छन्। आगामी सोमबारबाट प्रसारण हुने कार्यक्रमको पहिलो अतिथिको रुपमा अभिनेत्री रेखा थापा रहनेछिन् ।
भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्