दक्षिण कोरियामा कार्यरत एक नेपालीले आईतवार विहान आ’त्मह’त्या गरेका छन् ।
स्याङजा जिल्ला मालुंगा घर भई कोरियाको छुङछङबोक्दोमा विगत १० वर्ष देखि साम’सङ क्षेत्रमा बंगुर फार्ममा कार्यरत यज्ञ प्रसाद बस्यालले आफु काम गर्दै आएको स्थानमा आ’त्मह’त्या गरेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका सचिव मनोज गौतमले जानकारी दिए ।
गौतमले आफु घट’नास्थलमा पुगि सिसीटिभि क्यामेरा फुटेज ईमेलमा माग गरी नि’रीक्षण गर्दा घट’ना आ’त्मह’त्या नै भएको पुष्टि भएको खबरपेपर डटकमलाई बताएका छन् ।
४२ वर्षिया वस्याल कोरियामा १० वर्षे कार्य’काल पूरा गरेको र उनी आगामी महिना नोभेम्ब’रमा घर जाने तयारीमा रहेको उनका सहकर्मीले बताएका छन् ।
विहान कम्पनीको खाना खाने स्थानमा खाना खाएर निस्किएका बस्याल लगत्तै अफिस’मा गई भित्रबाट ढोका लक गरी आ’त्मह’त्या गरेको सि’सीटिभि फुटेजमा देख्न सकि’ने गौतमले बताए ।
विदाको दिन भएकाले घट’नाको विषयमा दूतावासमा अनौपचारीक जानकारी गराई’एको र परिवारलाई पनि जानकारी गराई’सकिएको बताईएको छ ।
श’व व्यवस्थापनकालागि गैर आवासिय नेपाली संघको आग्रहमा आ’त्मह’त्यानै भएपनि कम्पनीले सबै खर्च बेहोर्ने’गरी सहमती गरिएको गौतमले बताए । यो समाचार शिव भुषालले खबर पेपरमा लेखेका छन् ।
प्रतिकृया दिनुहोस्