Friday, September 22

प्रदेश ५ को प्रदेश सभामा सांसदले गरे तोडफोड…. (भिडियो हेर्नुहोस)

October 5, 2020 884

प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरो’धकैबीच सभामुखले छलफल अघि बढाएपछि वि’पक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोड’फोड गरेको छ । तोड’फोड र नाराबा’जीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका छन् ।

एक बजे सुरु भएको बैठक विरो’ध भएपछि स्थ’गित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहम’तिको विन्दु नभेटिएपछि सुरु भएको बैठकमा कांग्रेसले पुन: अव’रुद्ध गरेको थियो । तर, सभामुखले बैठक निरन्तरता दिएपछि कांग्रेसले तोड’फोड गरेको हो ।

तोड’फो’डकैबीच बोलेका नेकपाका प्रदेश सभा सदस्य भोज’प्रसाद श्रेष्ठले सरकारको प्रस्ताव ठीक नभएको र जन’भावनाको कदर नभएको बताएका थिए । उनले विशेष समितिले विकल्पसहित दिएको प्रतिवेदन पनि सार्व’जनिक गर्नुपर्ने माग गरे ।

सभामुखले दिएको ५ मिनेट सकिएपछि उनको माइक का’टिएपछि उनले त्यसको पनि वि’रोध गर्दै झण्डै १० मिनेट हात उठाएरै विरो’ध जनाइरहेका थिए ।

बैठकमा अहिले पनि बोल्ने क्रम जारी छ । नेकपाका विष्णु पन्थीले प्रदेशको स्थायी राज’धानी कपिलवस्तु उपयुक्त हुने भन्दै सरका’रको प्रस्ताव सच्याउनु पर्ने माग गरे ।

राष्ट्रिय जनमोर्चाकी तारा जिसीले स्थायी राजधानीको विषमा रूपन्देहीमा देखिएको वि’रोध टेलर मात्र भएको र संघी’यताको देशभरको फिल्म देख्न बाँकी रहेको बताइन् । वि’रोध र नारा’बाजीकै बीच बैठक जारी रहेको समाचार ईकान्तिपुर मा छ ।
भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्