Sunday, September 24

सोमिका तामाङले एकै पटक जन्माइन् पाँच शिशु

October 5, 2020 2978

थापाथलीस्थित परोपकार प्रसुति गृह’मा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन्।

सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए।

पाँचमध्ये चार ज’ना जी’वित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको उनले बताए । सुवेदीको ने’तृत्वमा शल्य’क्रियामार्फत बिहान मृतसहित ५ शिशु’को जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सा’मान्य नै रहेको खबर अन्नपूर्ण पोस्ट डट कम मा छ ।

किन जन्मिन्छन् एक भन्दा बढी बच्चा ?

सामान्यतया गर्भधारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिन्छ ।

जुम्ल्याहा गर्भमा गर्भदानी एउटै भए पनि गर्भ भने दुइटा रहनसक्छ । यस्तो गर्भ दुई किसिमको हुन्छ, मोनोजाइगोटिक र डाइजाइगोटिक ।

मोनोजाइगोटिक बच्चा तब पैदा हुन्छन्, जब कुनै अण्डा स्पर्मको सम्पर्कमा आएर फर्टीलाइज भएपछि उक्त अण्डा दुई एम्बि्रओको रूपमा विकसित हुने गर्छ ।

यस्ता बच्चा’हरूको आणुवंशिक संरचना एकै किसिमको हुन्छ । त्यस्तै, मोनोजाइगोटिक बच्चा एउटै देखिने तथा आइडेन्टिकल -एउटै अनुहार भएका छोरा-छोरा वा छोरी-छोरी हुने गर्दछ ।

जब कि डाइजाइगोटिक जुम्ल्याहा हेर्दा अलग देखिने गर्दछन् । त्यस्तै, उनीहरूमध्ये एउटा छोरा, अर्को छोरी तथा एउटा बच्चा गोरो तथा अर्को कालो पनि हुनसक्छ ।

डाइजाइगोटिक बच्चा तब जन्मन्छन्, जतिबेला दुई अलग स्पर्मले दुई अलग अण्डालाई फर्टीलाइज गर्छ । दुई अलग देखिने बच्चाहरू जन्मने गर्छन् । यस्ता बच्चाको आनु’वंशिक संरचना पनि भिन्ना’भिन्नै हुने गर्छ ।

प्रतिकृया दिनुहोस्