Monday, October 2

आज असोज २० गते (अक्टोबर ६) मंगलबारको राशिफल हेर्नुहोस्

October 6, 2020 2116

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अरूको विषयमा चासो राख्दा वादविवाद हुनसक्छ । धैर्यसाथ गरिएको काम’बाट फाइदा हुनेछ । अरूलाई प्रभावि’त पारेर काम बनाउ’न सकिने समय छ । बोलीमा मिठास र चाकरीको व्यवहार देखा’उनु पर्छ । सहयोगीहरूले आशा गरेअ’नुरूप साथ दिन सक्दैनन । मिहिनेत गरेबमो’जिमको फाइदा लिन सकिंदैन । काममा बिलम्ब हुने लक्षण छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)– इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परि’वर्तन गर्न सकिने छ । विशेष समा’रोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजन’को आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीय’ता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंस’कहरू बढ्नेछन । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिन’लाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेट’घाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रि’या अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सा’नी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अ’वसर जुट्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दा’नीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष ला’भ मिल्नेछ । नयाँ जिम्मेवारी पाइ’एला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्य’पूर्ण सम्मान पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसा’यमा लाग्नेहरूलाई विशेष फाइ’दा होला । विभिन्न अवसरले पछ्या’उनेछन । शत्रुहरू किनारा लाग्नेछन । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काम’मा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको का’म पनि बन्नसक्छ । रोकिएका काम स’मेत सम्पादन हुनेछन । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काम’मा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मि’हिनेत र परिश्रम गर्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज’को प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्या’उन सक्छन, सचेत रहनुहोला । महत्वा’काङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन स’किने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजन’को सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मनका इच्छा र आकाङ्क्षा’मा व्यवधान सिर्जना हुनेछ । दिन मनो’रञ्जनपूर्ण रहने छ, तर पनि मनमा निराशा र वैराग्य’का भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउ”नाले पूर्ण हुँदैन । यात्रा’मा नमज्जा हुनेछ । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मुद्दा–मामि’लामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकार’का लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्प’र्र्धीहरूले अप्ठ्यारोमा पार्ने प्रया’स गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकि’एका काम सजिलै सम्पादन हुनेछन । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – धार्मिक, सामाजिक र अरुको हित हुने काम’मा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका का’ममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । उद्योग तथा बन्दव्यापा’रमा सामा’न्यतया फाइदा नै हुनेछ । प्रेमी÷प्रेमि’काका बीचमा मनमुटाव हुनसक्छ । आर्जित वा सञ्चित धन खर्च गर्ने परिस्थिति आउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – महत्वा’काङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय का’र्यान्वयन गर्न धौधौ पर्नेछ । आ’फन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्य’जनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्य’मा समस्या देखिन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अप्ठ्यारा परि’स्थितिसँग पनि जु’झारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उप’योगले लक्ष्य पहिल्याउन स’किने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्त’कहरूले पूर्ण समर्थन प्रदान गर्नेछन । पुरानो सम’स्या सुल्झाउन सकिने छ ।

प्रतिकृया दिनुहोस्