Tuesday, March 28

अमेरिकी जानको लागि डिभी चिट्ठा खुल्यो, यसरी भर्नुहोस् डीभी….

October 8, 2020 1275

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवे’दन खुलेको छ। काठमा’डौँस्थित अमेरिकी दूतावा’सले जा’नकारी गराए अनुसार बुधबार नेपाली समयअनुसार राती ९:४५ बजे (अक्टोबर ७, २०२० ) बाट आवेद’न खुला भएको हो।

बुधबारबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ। दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ।

दूतावासले चिट्ठा भर्न:का निम्ति आवश्यक परेअ’नुसार परिवारका सदस्य, साथी वा जान्नेसँग स:हयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ।

आफै डिभी भर्न चाहनेहरुले तोकिएको स’मयभित्र www.dvlottery.state.gov वेवसाइ’टमा गएर डिभी’का लागि आवेदन भर्न सक्नेछन्। निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विव’रण राख्नुपर्ने छ। एक’भन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्र’मका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भए’को फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन। अनला:इनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना ग:र्नुपर्ने छ। डिभी भर्न’का लागि फोटो खिच्दा चस्मा’समेत लगाउनु हुँदैन।

दूतावासका अनुसार यस वर्ष:को आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भए’को देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नैपर्नेछ। डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुर’क्षित राख्नुपर्छ। यही नम्बरका आधा’रमा तपाईंला’ई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। तर आफ्नो कन्फर्मे’शन नम्बर कसैलाई पनि नदिन दूता’वासले आग्रह गरेको छ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउन’का २०७८ वैशाख २५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्र’विष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवे’दकले आफ्नो इमेल ठेगाना समा’वेश गर्नुपर्ने छ। यद्यपि, छनोट भएका व्यक्ति’हरूलाई उनीहरू छानिए’का छन् भन्ने व्यहोरा’को इमेल सूचना पठाइँदैन।

डिभीका लागि छानिँ’दैमा कसै’ले भिसा भिसा पाउने भन्ने हुँदैन। भिसाका लागि अन्त’र्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफि’सरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्र’वासी कानुन’बमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुरा’को निर्क्‍यौल गर्नेछन्। – अन्नपूर्ण पोस्टबाट

प्रतिकृया दिनुहोस्