Sunday, September 24

आज पनि घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ? हेर्नुहोस्

October 8, 2020 1909

पछिल्लो डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सु’नको मूल्य घटेर हिजो तोला’मा १० हजार चार सय रुपैयाँ घटे’र ९३ हजार एक सय रुपैयाँमा कारोबा’र भएको नेपाल सुनचाँ’दी व्यवसायी महासंघले जानकारी दिएको छ ।

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

केही सातायता सुनको मूल्यमा सामान्य घटबढ हुने क्रम जारी छ । यही क्रममा बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा रु ८०० घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ११७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्