
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?
Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ ।
हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् ।
‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’
मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ ।
सेचुरेटेड फ्याट अत्यधिकः
केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन